
प्राधिकरणले सोही नाकाबाट ३५ मेगावाट विद्युत् आयात गर्दै आएको थियो । यो हिउँदमा थप ५ मेगावाट गरी कुल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो ।
विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको पावर ट्रेड कर्पोरेसन (पीटीसी) इन्डियाका तर्फबाट डा. राजीवकुमार मिश्राले हस्ताक्षर गरे ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीकाअनुसार सम्झौता यही कात्तिक १५ बाट लागू भइ आगामी जेठमा सकिनेछ । यो पुरानै सम्झौताको नवीकरण भएको उनको भनाइ छ ।
सम्झौताअनुसार प्राधिकरणले पीटीसीसँग प्रतियुनिट भारु ३.४४ मा विद्युत् खरिद गर्नेछ ।
टनकपुर नाकाबाट ४० मेगावाटसम्म विद्युत् आयात हुँदा सुक्खायाममा सुदूरपश्चिमको माग व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको भनाइ छ ।
यस्तै, टनकपुरमा नै १०० एपभीएको ट्रान्सफर्मर राखेर थप ४० मेगावाट विद्युत् आयात गर्ने सम्बन्धमा छलफल गर्न प्राधिकरणको उच्च नेतृत्व शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने भएको छ ।
सो टोलीमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, प्रवक्ता अधिकारी र उपकार्यकारी निर्देशक लेखनाथ कोइराला छन् । रासस
प्रतिक्रिया दिनुहोस्