१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


टानको नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने, चुनावी मैदानमा को–को ?


0
Shares

यही १२ गते हुने टानको निर्वाचनका लागि अध्यक्षको प्रत्यासीकारुपमा टानका पूर्वमहासचिवद्वय मोहन लम्साल र नवराज दाहालको समूहले बिहीबार उम्मेदवारी दर्ता गराएको हो ।

लम्साल समूहको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितीय उपाध्यक्षमा निलहरि बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्रबहादुर कार्की, कोषाध्यक्षमा सुवास केसी र सहकोषाध्यक्षमा किरण धरेलले मनोनयन दर्ता गराएका छन् ।

सोही समूहको कार्यसमिति सदस्यमा शेरबहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जांग्बु शेर्पा, जंगबहादुर लामा, आङबाबु शेर्पा, रितु ग्याङ्देम, सूर्यबहादुर थापा, कुलप्रसाद सुवेदी र सरोज कट्टेलको उम्मेदवारी परेको छ ।

यता, दाहाल समूहको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुसाल, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा ऋषिप्रसाद नेपाल, महासचिवमा आङपेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा लामाको उम्मेदवारी परेको छ ।

दाहाल समूहको कार्यसमिति सदस्यमा राजनप्रसाद काप्री, जीवन लामा, रवीन्द्र अधिकारी, सुकबहादुर लामा, हर्कबहादुर गुरुङ, बाबुराम गुरुङ, हरिशरण खरेल, गोपाल श्रेष्ठ र रामबहादुर खड्का रहेका छन् ।

लम्साललाई नेपाली कांग्रेसनिकट राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट), नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नयाँ शक्ति निकट पर्यटन व्यवसायी र स्वतन्त्र पर्यटन व्यवसायीको समर्थन रहेको छ भने दाहाललाई माओवादी केन्द्र र नेकपा एमालेनिकट पर्यटन व्यवसायी तथा शेर्पा समूहको समर्थन रहेको छ ।

टान नेतृत्वका लागि सर्वसम्मत् गराउने अन्तिमसम्मको प्रयास पनि विफल भएकाले अब दुई समूहबीच चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने टानका अध्यक्ष चन्द्र रिजालले बताए ।

जम्मा एक हजार १८६ मतदाता रहेको टानको निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । रासस