काठमाडौं, पुस २० । स्पेनिस लिग फुटबलमा रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाउने अवसर गुमाएको छ ।
गएराति भएको खेलमा भियारियालसँग २–२ गोलको बराबरी खेलेपछि रियालले बार्सिलोनासँगको दूरी घटाउने अवसर गुमाएको हो । खेलमा रियल मड्रिडलाई निराश बनाउन आर्सनलका पूर्वखेलाडी सान्टी काजोर्लाले दुई गोल गरे ।
पाहुना टोली रियलका लागि भने करिम बेन्जमा र राफेल भारानेले एक–एक गोल गरे ।
गएरातिको खेलपछि १७ खेलबाट ३० अंक जोडेको रियल मड्रिड अंक तालिकाको चौथो स्थानमा यथावत छ । समान खेलबाट ३७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३४ अंक छ भने ३२ अंकसहित सेभिया तेस्रो स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्