२० जेष्ठ २०८२, मंगलबार | Tue Jun 3 2025


दोहोरो नागरिकताका कारण अष्ट्रेलियाका उपप्रधानमन्त्रीसहित केही सांसद ‘अयोग्य’ ठहर


0
Shares

उनीसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहीरहन अयोग्य ठहर गरेको हो ।

अयोग्य ठहरिएका जोयस लिवरल नेश्नल पार्टीसँग सत्ता साझेदारी गरेको नेशनल पार्टीका नेता हुन् ।

उनीहरुसँग दोहोरो नागरिकता रहेकाले सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो ।

अष्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था रहेको छ ।

जोयसकै पार्टीका उपनेता तथा सांसद फिओना नाश, माल्कोलम रोबर्टस्, स्कट लुड्लाम र लारिसा वाटर्स पनि अयोग्य ठहरिएका हुन् । उनीहरुले भने यसअघि नै सांसद पदबाट राजीनामा दिईसकेका थिए ।

जोयस र लुड्लामका बुवा आमा न्युजिल्याण्डमा जन्मिएका हुन् । त्यसैगरी नाशको बुवा स्कटल्याण्डमा जन्मिएका हुन् भने रोबर्टस् भारतमा जन्मिएका हुन् । त्यस्तै वेल्स र उनको बुवाको जन्म क्यानडामा भएको हो ।

उनीहरुको सांसद पद खारेज भएसँगै अष्ट्रेलियाको अहिलेको सरकारले संसदको बहुमत गुमाएको छ । (रासस÷सिन्ह्वा)