२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


रसुवामा रिङरोडको अवधारणाअनुसार सडक विस्तार


0
Shares

रसुवा, पुस २० । रसुवामा रिङरोडको अवधारणाअनुसार सडक विस्तार गरिएको छ । गोसाईंकुण्ड गाउँपालिकाको वडा नम्वर ३ मा वृद्धिम र खाम्जिङ जोड्ने कृषि सडक रिङरोडको अवधारणाअनुसार विस्तार भएको हो ।

पासाङल्हामु राजमार्गको स्याफ्रु–रसुवागढी हाई–वे सडक सञ्जालसँग लिङलिङ र रोङ्गा जोडिएपछि वृद्धिम हुँदै खाम्जिङ जोड्ने सडक रिङरोडको रुपमा देखिएको हो ।

कृषि सडक निर्माण भई रिङरोडको रुपमा बिस्तार भएसँगै तीन सय घरधुरी लाभान्वित भएका छन् । रिङरोडको रुपमा विकास भएको यो सडक हुँदै पर्यटकीय क्षेत्र लाङटाङ जाने सडकसमेत बिस्तार भइरहेको गोसाईकुण्ड गाउँपालिकाले जनाएको छ ।

जिल्लाको जिबजिबे, खड्कु, कालिकास्थान, गुम्बुडाडा, वृद्धिमलगायतका स्थानमा करिब २५ किलोमिटर कृषि सडक निर्माण भइसकेको छ ।