Logo १ असार २०८३, सोमबार | Tue Jun 16 2026


आँखाको प्लाष्टिक शल्यक्रियासम्बन्धी सम्मलेन सुरु


0
Shares

‘नेपाल अकुलो प्लाष्टिक सोसाइटी फर सर्जनस्’ (एनइएसओएस)को आयोजनामा शुक्रबारबाट सुरु भएको सम्मेलन सुन्दर दृष्टिमा आधारित भएको एनइएसओएसका अध्यक्ष तथा आँखाको प्लाष्टिक शल्यचिकित्सक अध्यक्ष डा.रोहित सैंजुले बताए ।

देशमा आवश्यक पर्ने आँखाको प्लाष्टिक शल्यक्रिया सेवामा गुणस्तरीय र आवश्यक सेवा उपलब्ध गराउने, आँखाका युवा डाक्टरमा प्लाष्टिक सर्जरी सेवा र शल्यक्रिया विधामा जानकारी गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ ।

उनले भने, ‘आँखाको प्लाष्टिक शल्यचिकित्सा अर्थात् अकुलो प्लाष्टिक आँखा स्वास्थ्यको त्यो विशिष्ट सेवा हो, जुन आँखाको सौन्दर्यदेखि लिएर क्यान्सरसम्मको उपचार विधिलाई जनाउँछ, दुर्घटनाबाट बिग्रेकोदेखि आफ्नो आँखाको प्राकृतिक आकार परिवर्तन गर्न चाहनेलाई यो विधाले समेट्छ ।’

शनिबारसम्म चल्ने सम्मेलनमा नेपालसहित क्यानडा, बेलायत, अमेरिका, स्विट्जरल्याण्ड, ब्राजिल, चिली, स्पेन, जापान, भारत, पाकिस्तान र बंगलादेशका विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

तिलगंगा आँखा प्रतिष्ठानमा मात्रै वार्षिक करिब १० हजार अकुलो प्लाष्टिक समस्या भएका बिरामी आएकामध्ये १५०० को प्लाष्टिक शल्यक्रिया गरिएको थियो । रासस