सुनको मूल्यमा पुनः कमी • Image Khabar Image Khabar


सुनको मूल्यमा पुनः कमी


Imagekhabar
१० कार्तिक २०७४, शुक्रबार १९:५०

सुनको मूल्यमा पुनः कमी

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले कमी आएर तोलाको साढे ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार तोलाको ५५ हजार ७०० रुपैयाँमा स्थीर रहेको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ६८ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्