सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनको प्रचार गर्दै पोल्यान्ड • Image Khabar Image Khabar


सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनको प्रचार गर्दै पोल्यान्ड


Imagekhabar
१० कार्तिक २०७४, शुक्रबार २०:२२

सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनको प्रचार गर्दै पोल्यान्ड

नेपाल चेम्बर अफ कमर्सको समन्वयमा पोल्यान्डले अन्तर्राष्ट्रिय मेलाको प्रबद्र्धन गर्न नेपालमा अन्तरक्रिया गरेको हो ।

शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा पोलिस राजदूतका प्रतिनिधि रोबर्ट जाइडजिकले तीनमहिने मेलाबारे जानकारी गराए ।

उनले नेपाली निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन आग्रह पनि गरे ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले पोल्यान्ड मेलामा नेपाली उत्पादनले स्थान पाउने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदा नेपाली उत्पादनको निर्यातमा वृद्धि आएको उनको दाबी छ ।

उनले चीनको संघाईमा आयोजना हुँदै आएको मेलामा सहभागी हुँदा नेपाली वस्तु निर्यातमा वृद्धि हुनुका साथै चिनियाँ पर्यटकसमेत बढेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्