Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


सुनको मूल्य एकैदिन तोलामा ८०० ले बढ्यो


0
Shares

काठमाडौं, पुस १९ । बिहीबार स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलामा ८०० रुपैयाँले बढेको छ ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ८०० ले वृद्धि भएर तोलाको ६० हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यसदिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार साँझसम्म सुन प्रतिऔंस १२ सय ८८ डलर हाराहारीमा कारोबार भएको थियो ।