
निर्वाचन सुरक्षा व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको शनिबार समापनकाक्रममा प्रमुख आयुक्त यादवले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगको तयारी ‘टेक–ओभर’ अवस्थामा पुगेकाले कुनै प्रकारको शंका नगर्न आग्रह गरे ।
नेपालको सन्दर्भमा निर्वाचन र सुरक्षा एकार्काका परिपूरक भएको भन्दै प्रमुख आयुक्त यादवले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न मतदाताले सुरक्षा निकायको विशेष भूमिकाको अपेक्षा गरेको धारणा राखे ।
कार्यक्रममा नेपाली सेनाका रथी बलदेव महतले निर्वाचनलाई सफल बनाउन आवश्यक परे जुनसुकै सैन्य कारबाही गर्न नेपाली सेना तयार रहेको बताए ।
यस्तै, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाही र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अतिरिक्त महानिरीक्षक गणेशप्रसाद अधिकारीले केन्द्रीय सुरक्षा समितिबाट लागू गरिएको निर्वाचन लक्षित एकीकृत सुरक्षा कार्ययोजना पूर्णकार्यान्वयन गर्न तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्