
साताभर सुनको भाउ तोलामा ५०० रुपैयाँले घट्यो । आइतबार प्रतिदशग्राम ४८ हजार १० अर्थात् तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा तोलाको ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो साता चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको ७५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अरु मुद्राको तुलनामा डलर बलियो हुँदा सुनको भाउमा गिरावट आएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्