Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


फर्ममा भारत, पुजाराले जोडे शानदार शतक


0
Shares

काठमाडौं, पुस १९ । अष्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले उत्कृष्ट सुरुआत गरेको छ ।

सिड्नीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले बिहीबार पहिलो दिनको समाप्तिसम्म ४ विकेटको क्षतिमा ३०३ रन बनाइसकेको छ ।

चेतेश्वर पुजाराले अविजित रहँदै १३० रन बनाइसकेका छन् ।

प्रारम्भिक ब्याट्सम्यान मायंक अग्रवाल ७७ रन बनाएर आउट भएका थिए ।

दोस्रो दिन पुजारालाई ३९ रनमा अविजित रहेका हनुमा विहारीले साथ दिनेछन् ।

चार खेलको शृंखलामा भारत २–१ ले अगाडि रहेको छ ।