२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


बर्खास्त गरिएका क्याटलोनियाका नेतालाई नयाँ चुनावमा भाग लिन निर्देशन


0
Shares

मड्रिडस्थित केन्द्रीय सरकारले क्याटलोनियाको क्षेत्रिय संसद्का लागि आगामी डिसेम्बरमा ताजा चुनावका लागि निर्देशन दिएको छ ।

क्याटलन संसद्ले स्वतन्त्रताको पक्षमा मतदान गरेपछि मड्रिडले क्याटलोनियाको स्वायत्तता अन्त्य गर्दै त्यहाँको संसद् भंग गरेको थियो ।

स्पेनी प्रधानमन्त्री राखोईले क्याटलोनियाका नेता पुज्डमोन र उनको मन्त्रिपरिषद् बर्खास्त गरेका छन् ।

पुज्डमोनले केन्द्रीय सरकारविरुद्ध प्रजातान्त्रिक प्रतिपक्षको भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

उनले क्याटलोनियाको स्वायत्तताको अन्त्य गर्ने निर्णयको भत्र्सना गर्दै स्वतन्त्र देश बनाउने काम निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यता मड्रिडमा राष्ट्रिय एकताको पक्ष र क्याटलोनियाको स्वतन्त्रताको विपक्षमा व्यापक प्रदर्शन भएको छ । क्याटलोनियामा प्रत्यक्ष शासन लागु गर्ने निर्णय पछि प्रदर्शन भएको हो ।

स्पेनका उपप्रधानमन्त्री सोराया साइन्ज डे सान्तामारियालाई क्याटोलोनिया हेर्ने जिम्मेवारी दिइएको छ । यसअघि स्पेनका आन्तरिक मन्त्रीलाई क्याटलोनियाको प्रहरी संगठन हेर्ने जिम्मेवारी सुम्पिएको थियो ।

क्याटलोनियामा आगामी डिसेम्बर २१ मा चुनाव हुने छ । ।

यसअघि क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो । संसद्मा भएको गोप्य मतदानलाई एकताका पक्षधरले बहिष्कार गरेका थिए ।

१३५ सदस्यीय संसद्मा प्रस्तावको पक्षमा ७० र विपक्षमा १० मत परेको थियो ।

स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो ।(एजेन्सी)