Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


प्रधानमन्त्रीको सम्बोधन आइतबार


0
Shares

काठमाडौं, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आगामी आइतबार सम्बोधन गर्ने भएका छन् ।

यही पुस ११ गतेदेखि सुरु भएको संघीय संसदको चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले बिहीबार मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेकामा बिहीबार सम्भव नभएका कारण आइतबार हुने प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । रासस