 
	    गोपालचन्द्र लामिछाने निर्दे्शित यो चलचित्रमा अभिनय गरेबापत प्राप्त पारिश्रमिक कुसुमले अनाथ बालबालिकाको लागी खर्च गरेकी छिन् ।
यसै बर्ष रिलिज हुने ’लम्फू’मा उनले कस्तो भूमिकामा अभिनय गरेकी हुन् त्यो भने अहिले खुलाएकी छैनन् ।
’तपाईँहरु र दर्शकले हलमा गएपछि नै मेरो भूमिकाबारे प्रष्ट हुनुहुनेछ, म अहिले नै सबैकुरा खुलाउन चाहन्न’ कुसुमले भनिन् ।
यो चलचित्रको छायांकन अघिल्लो बर्ष नै भएको थियो तर पनि तरकारीवालीको अभिनयको बारेमा भने गोप्य राखिएको थियो । अब चलचित्र रिलीज हुने समय आएकोले आफुले आफ्नो अभिनय रहेको खुलाएको कुसुमले बताईन् ।
उनले चलचित्रमा अभिनय गरेबापत आफुले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएको बताइन् । ’म जुन समाजमा हुर्के, बढेँ यहि समाजले आज मलाई तरकारीवालीको रुपमा विश्वभर चिनाएको हो ।
मलाई समाजले अनपेक्षित रुपमा यति धेरै कुरा दियो । मैले पनि समाजको लागि केहि गर्नुपर्छ भन्ने लागेर अनाथ-असहाय बालबालिकामा खर्च गरेकी हुँ’, कुसुमले भनिन, ’यो मेरो पहिलो कमाई थियो र आगामी दिनमा पनि म सामाजिक कार्यमा अग्रसर रहिरहनेछु’ ।
चितवनको रत्ननगरमा शिक्षण पेशामा रहेका कुशुमका काका गोपीलाल श्रेष्ठले छोरीको सामाजिक कार्यको सोचले आफु निकै हर्षित भएको बताए । ‘कुशुमले गरेको काम ’पावर’ र ’प्रोपर्टी’को लागि नभएर ’प्रेस्टिज’को लागि हो ।
समाजमा बसेपछि सामाजिक न्यायको क्षेत्रमा पनि हामीले हेर्नुपर्छ भन्ने ध्येयले यो गरिएको हो ।

जो मान्छे नांगा छन्, जो मान्छे भोका छन, जो मान्छे किताबबाट टाढा छन, जो मान्छेहरु दुईछाक खानबाट टाढा छन् उनिहरुलाई चलचित्रमा हभिनय गरेबापत प्राप्त रकमबाट थोरै न्यानोपना दिने जमर्को गरिएको हो’, गोपीलालले बताए ।
गोपीलालका अनुसार भाईरल भएको एक बर्षभित्र कुसुमलाई धेरै प्रकारका अफरहरु आएका थिए ।
एक दर्जन जति चलचित्र, उत्तिकै संख्यामा म्यूजिक भिडियो, विज्ञापन, मोडलिंग तथा सरकारी तवरबाट पनि धेरै अफरहरु आएको श्रेष्ठले बताए ।
सुुरुमा चलचित्रमा अभिनय गर्ने सोच नबनाएको बताएपनि ’लम्फू’ टिमको सामाजिक उत्तरदायित्वको सोच र कुशुमलाई मास्टर डिग्री सम्म निःशुल्क शिक्षाको लागी छात्रावृत्ती प्रदान गरेको कारण कुसुमले अभिनय गरेको उनले बताए ।
यो बर्ष ’लम्फू’ चलचित्र बाहेक अन्य कुनै पनि प्रकारको सम्झौता नगरेको र यो चलचित्र रिलीज पछि सामाजिक उत्तरदायित्व बहन गर्न सकिने कुराहरुमा मात्र सोचिने उनले बताए ।
पपुलर मल्टिमिडियाका लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको ’लम्फू’मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिश्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।
गत बर्ष तरकारी बोकेर बजारतर्फ झर्दै गरेकी कुशुमका दुई फोटो रुपचन्द्र महर्जनले खिचेका थिए । गोरखाबाट चितवनको फिस्लिङ्तर्फ आउँदै गर्दा त्रिशुली नदिको झोलुंगे पुलमा तस्वीर कैद भएका थिए ।
उक्त फोटोहरु पहिले भारतमा भाईरल बनेका थिए । भारतियहरुले नेपालकी तरकारीवाली भन्दै भाईरल गरेका थिए । त्यसपछि नेपाल र भारतका सञ्चारमाध्यमहरुमा कुसुम केहि समय चर्चाको बिषय बनेकी थिइन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            






 
                
प्रतिक्रिया दिनुहोस्