
टानको ३९ औं वार्षिक साधारणसभाले निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गर्ने भएको हो ।
साधारण सभाको उद्घाटन गर्दै पर्यटन तथा नागरिक उड्ययन सचिव महेश्वर न्यौपानेले राजनीतिक एवं प्रशासनिक क्षेत्रमा हुने गरेको अस्थिरताका कारण सम्पूर्ण पर्यटन क्षेत्र धरासायी बन्दै गइरहेको बताए ।
उनले नयाँ नेतृत्वले आगामी दिनमा पर्यटन क्षेत्रको विकासका लागि धेरै योगदान दिन जरुरी भएको बताए ।
टानका अध्यक्ष चन्द्र रिसालले आर्थिक समृद्धीका क्षेत्रमा धेरै सम्भावना बाकेको पर्यटन विकासमा सरकार गम्भीर नभएको बताए ।
उनले पर्वतीय पर्यटनमा आवद्ध ३ हजारभन्दा बढी व्यवसायीले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार चाहिरहेको बताए ।
निर्वाचनमा लोकतान्त्रिक र प्रगतिशिलका नाममा दूई समूह होमिएको छ ।
प्रतिक्रिया दिनुहोस्