
गत साउनमा आएको बाढी र डुबानका कारण सर्लाहीमा धान, तरकारी खेती र माछा पालनामा सबैभन्दा बढी क्षति भएको थियो ।
सरकारले पनि किसानका लागि भन्दै विभिन्न किसिमका अनुदान प्याकेज घोषणा गरेपनि उनीहरुले अझैसम्म बाढी र डुबानबाट भएको क्षतिको केही राहत पाउन सकेका छैनन् ।
जिल्ला कृषि विकास कार्यालय सर्लाहीले बाढी र डुबानबाट प्रभावित किसानलाई अनुदान वितरणको तयारी भैरहेको जनाएको छ । पीडित किसानलाई राहत वितरणका लागि कृषि विकास मन्त्रालयबाट १० करोड अनुदान रकम प्राप्त भएको कार्यालयका निमित्त प्रमुख राम एकवाल साहले बताए ।
प्रतिक्रिया दिनुहोस्