२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


शेयर बजारमा गिरावट जारी


0
Shares

उतार चढावबीच यस दिन पनि बजार परिसूचक नेप्से १३ अंकले ओरालो लागेर १५ सय ४० मा आइपुग्यो ।

कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च ५८ अंकले ओरालो लाग्यो ।

होटल समूहमा ३८ अंक र उत्पादनमूलक समूहमा पनि ३७ अंकको गिरावट आयो । जलविद्युत र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको कमी आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीको १३ लाख ८२ हजार कित्ता बराबर शेयर ५० करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।