
यो भन्दा पहिले बाजुरा जिल्लाको दुई विकट स्थान बाधु र बिच्छामा कुनै पनि सन्चार सुविधा उपलब्ध थिएन ।
बाधुमा जडान गरिएको बिटिएसमार्फत बाजुराको साविकका पान्डव गुफा, स्वामिकार्तिक र बुढीनन्दा नगरपालिकाको केही भाग, मुगुको सुखाढिक, कोटडाँडा र ह्याग्लु, कालिकोटको पूर्वी भेग, कर्णाली कोरिडोरको केही भेग तथा कोल्टी–रारा पदमार्गमा सेवा उपलब्ध हुनेछ ।
यसबाट यो क्षेत्रका करिब ४ हजार घरधुरी लाभान्वित हुने टेलिकमले जनाएको छ ।
यसैगरी, बिच्छामा जडान गरिएको बिटिएस मार्फत बाजुराका साविकका बिच्छा, रुगिन, मदना तथा मैला गाविसका करिब ३ हजार घरधुरी लाभान्वित हुने टेलिकमको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्