Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


एमाले वडा अध्यक्ष काँग्रेसमा प्रवेश, स्वागत गर्न पुगे नयाँ शक्तिका उमेद्वार


0
Shares

विभिन्न पार्टीमा कार्यकर्ताहरु आफ्नो पार्टी छोड्दै विचार मिल्ने पार्टीको छाताभित्र समेटिने क्रम पनि वढेको छ ।

यसैक्रममा पछिल्लो वामगठवन्धनको चर्चा जति छ त्यतिकै सो गठवन्धनसँग असन्तुष्टहरु आफू सम्वन्धित पार्टी छोड्ने क्रम पनि बढिरहेको छ ।

यसैबीच रसुवाको नेकपा एमाले कालिका गाउँपालिकामा पनि एमालेका एक स्थानिय नेताले एमाले परित्याग गरेका छन्।

कालिका गाउँपालिका वडा न ४ मा स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार भएका बिष्णु बहादुर तामाङ नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेका हुन्।

तामाङलाई नेपाली काँग्रेसबाट प्रतिनिधि सभामा उमेद्वार भएका मोहन आचार्यले पार्टी भित्र्याए। तामाङलाई काँग्रेस उमेद्वार आचार्यले मात्र पार्टी भित्र्याएनन ।

आचार्यसँगै रसुवाको प्रदेश सभा २ मा उमेद्वार रहेका नायाँ शक्तिका उमेद्वार प्रेम तामाङले पनि स्वागत गरे।

पार्टी प्रवेशपछि बिष्णु बहादुर तामाङले नेपाली कांग्रेस र गठवन्धनलाई जिताउन आफू र आफ्ना समर्थकहरु लागि पर्ने बताए ।

काँग्रेस उमेद्वार आचार्यले तामाङको काँग्रेस प्रवेशले काँग्रेस नेतृत्वको गठवन्धन अझ फराकिलो अन्तरले जित्ने बताए ।

उनले सबै नेता कार्यकर्ता र समर्थकलाई चुनावसम्म विश्राम नलिइ चुनाव खट्न आग्रह गरे । ‘चुनाव पछिको जिम्मा मेरो चुनावसम्मको जिम्मा तपाइहरुको’, आचार्यले भने ।