१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


बिर्तामोडमा लगाइएको कर्फ्यु खुकुलो, स्थिति सामान्य बन्दै


0
Shares

यसअघि कार्यालयले हिजो राति ९ बजेबाट आज बिहान ९ बजेसम्मका लागि कर्फ्यु हटाएको थियो । तर बिहान बसेको जिल्ला सुरक्षा समन्वय समितिको बैठकले दिउँसो १२ बजेसम्म कफ्र्यु हटाउने निर्णय गरेको हो ।

अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणको विषयमा निस्किएको र्‍यालीका क्रममा प्रहरी-प्रदर्शनकारीबीच झपड भएपछि बिर्तामोडमा लगाइएको कर्फ्यु आज दिउँसो १२ बजेसम्मका लागि हटाइएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्यु हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । कर्फ्यु  हटाईपछि बिर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ ।

दिउँसो पुनः बैठक बसेर स्थितिको मूल्यांकन गरी कर्फ्यु  लगाउने या हटाइनेबारे निर्णय गरिने तिवारीले बताए ।

शुक्रबार दिउँसो साढे १ बजेदेखि बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो ।