९ असार २०८२, सोमबार | Mon Jun 23 2025


निर्बाचन आयोगले आज सर्बोच्चलाई जवाफ पठाउने


0
Shares

राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष सर्वेन्द्र नाथ शुक्लले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बेग्लाबेग्लै मतपत्रको व्यवस्था हुनुपर्ने मागसहित दायर रिटको पक्षमा फैसला गर्दै सर्वोच्चले आयोगसँग तीन दिनभित्र जवाफ मागेको थियो ।

सर्वोच्चले मतपत्र छपाइबारे जवाफ मागेसँगै आयोगले अदालतको सम्मान गर्दै जवाफ पेश गर्न लागेको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सर्वोच्च अदालतको आदेशको मर्म र भावनाअनुसार आज जवाफ पेश गर्न लागिएको जानकारी दिए ।

सर्वोच्च अदालतमा जवाफ दिनुअघि नै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनको मतपत्र अलग–अलग छाप्ने निर्णय गरिसकेको छ ।

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन आगामी मंसिर १० गते हुँदैछ भने दोस्रो चरणको निर्वाचन मंसिर २१ गतेका लागि तय भएको छ ।