Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


टिकट वितरणमा भेदभाव भएको भन्दै राजपाका नेता अनशनमा


0
Shares

राजपा सप्तरी क्षेत्र नं २ का सभापतिसमेत रहेका यादवले नातावाद, पहुँच र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गरेको आरोप लगाए ।

जनआन्दोलन र मधेश आन्दोलनका अगुवाइलाई पाखा लगाई नेताहरूले आसेपासे र पहुँचवालालाई टिकट वितरण गरेको आरोप लगाउँदै यादव राजविराजस्थित गजेन्द्र चोकमा अनशनमा बसेका हुन् ।रासस

विसं २०४८ देखि तत्कालीन सद्भावना पार्टीबाट राजनीतिमा लागेका उनी स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाको प्रमुख पदका आकांक्षी थिए ।

“नेतृत्वले प्रतिनिधि सभा वा प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाउने आश्वासन दिएको थियो,” उनले भने। सातबुँदे माग अघि सार्दै उनी अनशनमा बसेका हुन् ।