
दुईओटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा भएको सो दुर्घटनामा परी अरु एकजना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक नवलपरासी, रामग्राम नगरपालिका–२ बस्ने वर्ष १८ को रोशन हरिजनको उपचारकाक्रममा पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा परी घाइते भएका अर्को मोटरसाइकल चालक नवलपरासी रामग्राम–६ का ३५ वर्षीय प्रेमनारायण हरिजनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
महेशपुरबाट परासीतर्फ आउँदै गरेको लु२प ४२०० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु१प ५१०८ नम्बरको मोटरसाइल एकापसमा ठोकिँदा सो दुर्घटना भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्