
बा४ख ५५०१ नम्बरको माइक्रोबस सोमबार दिउँसो गुल्मी–दरबार गाउँपालिका वडा नम्बर–४ मा दुर्घटना भएको हो ।
दुर्घटनामा अरु ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।
दुर्घटनामा ६ जनाको घटनास्थलमै, एकजनाको उपचारकाक्रममा र दुईजनाको पाल्पा लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तीनजना महिला, ६ जना पुरुषको मृत्यु भएको हो ।
मृतकमध्ये चारजनाको सनाखत भएको छ । सनाखत हुनेमा गुल्मी, रेसुंगा नगरपालिका–८ की सुमित्रा दर्लामी, अर्घाखाँची, भगवतीका विष्णु पाण्डे, चालक भूमि घर्ती र गुल्मी, अर्जेका लालबहादुर मुखिया छन् ।
घाइते हुनेमा एकजना महिला, ५ पुरुष र दुईजना बालक रहेको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित १७ जना सवार थिए ।
तीव्रगतिका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए ।
दुर्घटनामा परेको गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनास्थल ठूलो भीर र साँघुरो बाटोमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्