सुनको मूल्य तोलामा २०० ले ओरालो • Image Khabar Image Khabar


सुनको मूल्य तोलामा २०० ले ओरालो


Imagekhabar
१३ कार्तिक २०७४, सोमबार १९:५५

सुनको मूल्य तोलामा २०० ले ओरालो

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले ओरालो लागेर तोलाको ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलामा २०० रुपैयाँले नै उकालो लागेर तोलाको ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १२ सय ७० डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्