
बलुन नेपाल प्रालिले बुलनमा बसेर अन्नपूर्ण हिमशृंखला एवं पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गराउने सेवा सुरु गरेको हो ।
यसका लागि कम्पनीले १ करोड रुपैयाँको लगानीमा अमेरिकाको एडम्स बलुन कम्पनीसँग बलुन खरिद गरेको जनाएको छ ।
पोखराको धम्पुसबाट उडान गरी मार्दीखोलाको तीरमा अवतरण गरिने जनाइएको छ ।
प्रतिव्यक्ति ८ हजार ५०० रुपैयाँ शुल्क लिइ एकपटकमा ६ जनासम्मलाई आधा घन्टा उडाउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्