२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘आरोपका आधारमा व्यापारीलाई थुन्ने काम नगर्नोस्’


0
Shares

सोमबार नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले गृहसचिव मोहनकृष्ण सापकोटासँग भेट गरी बजार अनुगमनपछि पहिला व्यापारीको कुरा सुन्ने अनिमात्रै थुन्ने काम गर्नुपर्ने माग राखेको हो ।

बजार अनुगमनपछि व्यापारीलाई ल्याएर सीधै थुन्ने काम भएको भन्दै त्यसो नगर्न चेम्बरले अनुरोध हो ।

अध्यक्ष श्रेष्ठले दोषी प्रमाणित नभइकनै आरोपका आधारमा व्यापारीलाई थुन्ने काम नगर्न अनुरोध गरेका हुन् ।

अनुसन्धानबाट दोषी प्रमाणित भएपछिमात्रै दन्ड–सजायलगायतका कारबाहीको प्रक्रिया अगाडि बढाउन उनले अनुरोध गरे ।

भेटमा सचिव सापकोटाले व्यवसायीका मागमा आफू सकारात्मक रहेको बताएका थिए ।

यसका लागि व्यवसायीहरुसँग छलफल गरी अगाडि बढ्ने आश्वासन उनले दिएको चेम्बरले जनाएको छ ।