२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


बुर्किना फासोमा जातिय हिंसा भड्किदा १३ सर्वसाधारण मारिए


0
Shares

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा जातिय हिंसा भड्किदा १३ जना सर्वसाधारण मारिएका छन् ।

छिमेकी मुलुक मालीमा अन्तर समुदायबीच संघर्ष बढ्दै जाँदा बुर्किना फासोमा पनि त्यसको प्रभाव देखिएको अधिकारीहरुको भनाइ छ ।

मोटरबाइकमा आएका सशस्त्र हतियारधारी व्यक्तिहरुले बार्सालोगो जिल्लास्थित यिरगौमा ६ जना सर्वसाधारणको हत्या गरेको सरकारी प्रवक्ताले जानकारी दिएका छन् ।

त्यसैको प्रतिशोधमा सोही गाउँका मोसी जातिय समूहसँग सम्बन्ध राख्ने सात जनाको हत्या भएको सरकारी प्रवक्ताले बताए ।

जिल्लाका मेयरले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

घटनापछि बुर्किना फासोले मुलुकका सात प्रान्तका १३ प्रशासनिक क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।(एजेन्सी)