२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मस्र्याङ्दी नदीमा जलविद्युत् आयोजनाहरु निर्माण हुन थालेपछि र्‍याफ्टिङ व्यवसाय ठप्प


0
Shares

फागुनदेखि जेठ र मध्य असोजदेखि मंसिरसम्म र्‍याफ्टिङ् र कायाकिङ्का डुंगाले मस्र्याङ्दी नदी ढाकिन्थ्यो ।

साहसी विदेशी जलयात्रीको पहिलो रोजाइमा पर्ने मस्र्याङ्दीमा आजभोली र्‍याफ्टिङ हुन सकेको छैन ।

र्‍याफ्टिङका लागि उच्च श्रेणीको मानिने मस्र्याङ्दी नदीमा धमाधम जलविद्युत् आयोजनाहरु निर्माण भएपछि व्यवसायमा असर परेको हो ।

र्‍याफ्टिङ् व्यवसायीहरुका अनुसार सात वर्ष यता मस्र्याङ्दीमा जलयात्रा गर्नेको संख्या शून्य छ ।

लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाका अनुसार र्‍याफटिङ्का लागि विदेशी जलयात्री आउन छाडेपछि मस्र्याङ्दी किनारमा खोलिएका होेटल प्रायः बन्द भइसकेका छन् ।

नेपाल एसोसिएसन अफ र्‍याफटिङ् एजेन्ट्स (नारा) का अनुसार नेपालमा २०२७ सालदेखि सुरु भएको र्‍याफ्टिङले २०३२ सालबाट व्यावसायिक रुप पाएको हो ।

नेपाल भित्रने कूल पर्यटक मध्ये १५ प्रतिशत र्‍याफटिङ् जाने गरेको नाराको अनुमान छ ।

तर,०५६ सालदेखि सरकारले र्‍याफटिङ्का लागि अनुमति लिनुपर्ने प्रावधान हटाएपछि यसको लेखाजोखा पनि हराएको छ ।