२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


धनकुटामा वार्षिक १ अर्ब २१ करोडको मासुजन्य उत्पादनको कारोबार


0
Shares

जिल्ला पशुसेवा कार्यालय धनकुटाले तयार पारेको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब २० करोड ५७ लाख रुपैयाँ बरावरको ३ हजार ६९ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ ।

यो तथ्यांक अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै १ करोड १९ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षमा ७२ करोड ७८ लाख रुपैयाँ वरावरको १२ सय १२ मेट्रिक टन खसीवोकाको मासु उत्पादन भएको थियो ।

त्यस्तै २२ करोड ४७ लाख रुपैयाँ बराबरको ७ सय ४० मेट्रि टन राँगाको मासु उत्पादन भएको थियो ।

यसैगरी १५ करोड ८८ लाख ७५ हजार रुपैयाँ बरावरको ६ सय ३५.५ मेट्रिक टन बंगुर र ९ करोड ४४ लाख रुपैयाँ वरावरको ४ सय ७२ मेट्रिक टन कुखुराको मासु उत्पादन भएको हो ।

व्यवसायिक पशुपालनको लहर चलसँगै धनकुटामा मासुजन्य पशुपक्षीको उत्पादन बढ्न थालेको पशुसेवा कार्यालय धनकुटाका पशु चिकित्सक झविन्द्र मरासिनीले जानकारी दिए ।