३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सूर्य नेपाल कारबाहीमा पर्ने


0
Shares

राष्ट्रिय सूचना तथा सन्चार केन्द्रले सुर्तीजन्य पदार्थ नियन्त्रण निर्देशिका बनेको तीन वर्षसम्म पनि सूर्य नेपालले ९० प्रतिशत सन्देशमूलक चित्र नराखेको भन्दै कारबाही गर्ने प्रस्ताव गरेको जनाएको हो ।

मंगलबार राजधानीमा गरिएको एक कार्यक्रममा केन्द्रका प्रमुख स्वास्थ्य शिक्षा अधिकृत डा. राधिका थपलियाले सूर्य नेपालले सन्देशमूलक चित्र नराखेको उजुरी परेकाले कारबाहीका लागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेस गरेको जानकारी दिइन् ।

काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख महेन्द्र श्रेष्ठले सुर्तीजन्य पदार्थको प्याकेजिङ सम्बन्धमा जनस्वास्थ्य कार्यालयले अनुगमन नगरेको स्वीकार गरे ।

उनले ८५ प्रतिशत सार्वजनिक स्थान सुर्तीजन्य पदार्थमुक्त बनाउने प्रस्ताव काठमाडौं महानगरपालिकामा पठाइएको बताए ।

कार्यक्रममा सुर्तीजन्य पदार्थको प्याकेजिङमा ९० प्रतिशत सन्देशमूलक चित्र राख्ने निदर्शिका तीन वर्षसम्म पनि कार्यान्वयनमा नआएको भन्दै सरोकारवालाहरुले गुनासो गरेका थिए ।