
विभिन्न आयोजनामध्ये सहरी विकास एवं खानेपानीको क्षेत्रमा उत्साहजनक प्रगति भएको एडीबीले जनाएको छ ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा विभिन्न ३५ आयोजनामध्ये सहरी र खानेपानीको क्षेत्रमा एडीबीले छोटो समयमै उत्साहजनक प्रगति गरेको एडीबीका कन्ट्री डाइरेक्टर मुक्तोर खामुद खानोभले बताए ।
कार्यक्रममा अर्थसचिव शंकरप्रसाद अधिकारीले नेपालमा एडीबीले पछिल्लो समय धेरै प्रभावकारी काम गरिरहेको दाबी गरे ।
उनले अर्थ मन्त्रालयले छिटै लगानीको दायरा बढाउन विशेष कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी गराए ।
कार्यक्रममा एडीबीले विभिन्न क्षेत्रमा गरेको प्राविधिक सहयोग एवं लगानीका विषयमा हालसम्म गरेको उपलब्धिबारे विभिन्न प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्