
स्थानीय तहको निर्वाचनमा १५६ ओटा मतदान केन्द्र रहेको पाँचथरमा अब भने १६५ ओटा मतदान केन्द्र हुने भएका छन् ।
फिदिमको फिदिम मावि खेलमैदान र सुखवोध मावि जोरसाल, हिलिहाङ, फालेलुङ गाउँपालिकालगायतका स्थानमा मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार राईले जानकारी दिए ।
मतदाता थपिएकाले मतदान केन्द्र पनि थप्नुपरेको उनले बताए ।
पाँचथरमा स्थानीय तहको निर्वाचनपछि ९ हजार २१९ मतदाताहरु थपिएका छन् । पाँचथरमा १ लाख २५ हजार २१९ मतदाता रहेका छन् ।
१ हजार ६४ मतदाता बराबर एक केन्द्र राखिने तय भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्