२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


एउटै कोठामा बस्ने साथीको हत्या गरी फरार अभियुक्त पक्राउ


0
Shares

काठमाडौं महानगरपालिका–११ विजेश्वरी बस्दै आएका गोरखा बोर्लाङ–२ का ३० वर्षीय राम परियारको हत्यामा संलग्न रहेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

परियारको नयाँबजारस्थित डेरामा गत कात्तिक ११ गते शव फेला परेको थियो ।

प्रहरीका अनुसार श्रेष्ठले रु ३५ हजार र परियारले रु ४० हजार लगानी गरी नयाँबजारमा ‘नयाँ बजार खाजाघर’ सन्चालन गर्दै विजेश्वरीमा एउटै कोठामा बस्दै आएकोमा कात्तिक ५ गते रक्सी खाएको बेला खाजाघरको हिसाबकिताबका विषयमा विवाद उत्पन्न भएपछि श्रेष्ठले मसला पिस्ने ढुंगा र गमला प्रहार गरी परियारको हत्या गरेका थिए ।

श्रेष्ठले परियारसँग भएको सुनको औंठी, उनको राहदानी र झोलासमेत लिई कोठाबाट फरार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घरको छतबाट खसेर मृत्यु

यसैबीच, आफ्नै घरको चौथो तल्लाको छतबाट खसेर गम्भीर घाइते भएका तार्केश्वर नगरपालिका–१० मनमैंजुका विराज घिमिरेको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस