३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


चीनमा हिमपात, सात लाख २० हजार मानिस प्रभावित


0
Shares

चाङ्शा, पुस १९ । चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । 

स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ । 

हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार १०० जना बस्ने गरेकोमा झण्डै तीन हजार ९०० जनालाई अन्यन्त्र स्थानान्तरण गराइएको छ ।

प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका स्थानीय अधिकारीहरूले झण्डै ३८ हजार जनालाई अहिले पनि आधारभूत सेवा सुविधाको आवश्यकता रहेको जनाएका छन् । 

हिमपातले झण्डै ५४ हजार २८० हेक्टर क्षेत्रमा लगाइएको बालीलाई पनि नोक्सान गरेको छ । यसले त्यस क्षेत्रको आर्थिक पक्षलाई समेत नराम्रो असर पार्ने अधिकारीहरूको भनाइ छ । (रासस/सिन्ह्वा)