ग्रान्डी अस्पतालमा यसरी भयो हेलिकोप्टर दुर्घटना (भिडियोसहित) • Image Khabar Image Khabar


ग्रान्डी अस्पतालमा यसरी भयो हेलिकोप्टर दुर्घटना (भिडियोसहित)


Imagekhabar
१६ असार २०७५, शनिबार ०६:३८

ग्रान्डी अस्पतालमा यसरी भयो हेलिकोप्टर दुर्घटना (भिडियोसहित)

काठमाडौं, असार १६ । काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा शनिबार एक हेलिकोप्टर अवतरणकाक्रममा दुर्घटना भएको छ ।

सिम्रिक एअरलाइन्सको हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा दुर्घटनामा परेको हो ।

अस्पतालका चिकित्सकहरुलाई लिएर हेलिकोप्टर चितवनको भरतपुर जान अस्पतालमा अवतरण गर्न लागेको थियो ।

अस्पतालका हार्डजोर्नी विभागका प्रमुख डा. चक्रराज पाण्डेले दुर्घटनामा कुनै मानवीय क्षति नभएको जानकारी दिए ।

पायलटले समयमै इन्जिन बन्द गरेकाले ठूलो क्षति हुनबाट जोगिएको पनि डा. पाण्डेले बताए ।

दुर्घटनाग्रस्त हेलिकोप्टरलाई अस्पतालको छतबाट हटाउने प्रयास भइरहेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्