उनले नियमावली छिट्टै मन्त्रिपरिषद बैठकले पारित गर्ने बताए ।
नेपाल पर्वतारोहण संघको ४४औं वार्षिकोत्सवको उद्घाटनमा बुधबार राजधानीमा पर्यटनसचिव न्यौपानेले नियमावलीले पर्यटन क्षेत्रमा आवद्ध व्यवसायीबीच हुने अस्वस्थ प्रतिस्पर्धा अन्त्य हुने दाबी गरे ।
उनले पर्यटन क्षेत्रको विकासका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताए ।
सरकारले हिमालय क्षेत्रको गरिमा र सुन्दरता बढाउन नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्ने बताउदै उनले यस अभियानमा पूर्णरुपले सहयोग गर्न पर्वतारोहणसँग सम्बन्धित सबै व्यवसायीलाई आग्रह पनि गरे ।
कार्यक्रममा संघले सन्चालन गरेको आधारभूत पर्वतारोहण तालिम पूरा गरेकालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्