
बुधबार अपराह्न गोली हानेर भाग्नेक्रममा दुईजनालाई प्रहरीले पक्रेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीले पेस्तोलसहित दुईजनालाई पक्रेको हो । गोली प्रहारबाट कुनै क्षति भने भएको छैन ।
पक्राउ पर्नेमा भारत, लुदियानाका गगनदीप सिंह र जसवीन सिंह छन् ।
गोली हान्ने भारतीय नागरिक रहेको र उनीहरुको साथबाट एकथान पेस्तोल र ५१ राउन्ड गोली बरामद गरिएको छ । उनीहरुलाई प्रहरी वृत्त कमलपोखरीमा राखिएको प्रहरीले जनाएको छ ।
खाजा खाएको बिलको विवादमा गोलीकान्ड भएको खुलेको छ । प्रज्ञा भवनछेउमा रहेको गन्डकी खाजाघरमा खाजा खाएका उनीहरुले खाजाको बिल २२ सय रुपैयाँ उठेपछि झगडा गरेका थिए ।
त्यहीक्रममा उनीहरुले आफूहरु सादा पोसाकको प्रहरी भन्दै गोली चलाएर भागेका थिए । भाग्नेक्रममा कमलादी गणेशस्थानबाट उनीहरु पक्राउ परेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्