
प्रहरीले बुधबार विजयनगर–१ भैसहियबाट उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको अर्ररा नदी तरेर चरेस भारततर्फ लैजानेक्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेमा रोल्पा, तेवाङका २९ वर्षीय दीपक रोका र कपिलवस्तुको विजयनगर गाउँपालिका लोहरौला बस्ने ५५ वर्षीय विन्तीराम थारु छन् ।
पक्राउ परेका दुवैजना र उनीहरुको साथबाट बरामद चरेसलाई मुद्दा चलाउनका लागि इलाका प्रहरी कार्यालय कृष्णनगर पठाइएको प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्