Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


मेलम्चीको पानी काठमाडौंमा चैतमामात्र सम्भव, ‘९० प्रतिशत काम सम्पन्न’


0
Shares

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत् काठमाडौं उपत्यकामा भइरहेको प्रगतिको बुधबार एसियाली विकास बैंकले गरेको स्थलगत अवलोकनपछि ९० प्रतिशत काम सम्पन्न भएको जानकारी गराइएको हो ।

अवलोकनपछि एडीबीका दक्षिण एसियाका उपमहानिर्देशक दिवेश शरणले कार्यप्रगति सन्तोषजनक रहेको भन्दै आयोजना समयै सम्पन्न गर्न सुझाव दिए ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीले हालसम्म काठमाडौं उपत्यकामा ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए ।

मेलम्चीको पानी सुन्दरीजलमा आएको ३ देखि ६ महिनाभित्र काठमाडौंवासीले उपभोग गर्नसक्ने उनको भनाइ छ ।

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना यसअघि गत असोजमा नै सम्पन्न गर्ने बताइएको थियो । तर, अब आउँदो चैतमा मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याउने दाबी सरकारको छ ।

करिब ५० अर्ब रुपैयाँ कुल लागत रहेको आयोजनामा एसियाली विकास बैंकको ३५ अर्ब ऋण सहयोग रहेको छ ।