Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज नगर्न सर्वोच्चको आदेश


0
Shares

सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सम्बन्धन खारेज नगर्न आदेश दिएको हो ।

कलेजका सन्चालक जैनुद्धिन अन्सारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले काठमाडौं नेशनल मेडिकल कलेजको अस्थायी सम्बन्धन खारेज गर्ने त्रिवि कार्यकारी परिषद्को गत भदौ १७ गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अन्सारी पक्षका कानुन व्यवसायीहरूको एकपक्षीय सुनुवाइका आधारमा सर्वोच्चले आदेश दिएको हो । अदालतको आदेशपछि काठमाडौं नेशनल मेडिकल कलेज त्रिविको अस्थायी सम्बन्धन पाएको मेडिकल कलेजको हैसियतमा पुगेको छ ।