२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


१७ किलो सुनसहित एक युवक पक्राउ


0
Shares

मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर–३ खुदीबजारमा सुनसहित पक्राउ पर्नेमा मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ लामा रहेका छन् ।

उनले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

मनाङतिरबाट मोटरसाइकलमार्फत् लमजुङको बेसीसहर झर्दै गरेका लामा खुदीबजारको चेकपोस्टमा चेकजाँचकाक्रममा पक्राउ परेको इलाका प्रहरीचौकी खुदीका इन्चार्ज नवराज भट्टराईले जानकारी दिए । भट्टराईकाअनुसार चेकजाँचकाक्रममा भाग्न खोजेपछि लामालाई पक्राउ गरिएको थियो ।

खुदीबजार सदरमुकाम बेसीसहरबाट करिब ७ किलोमीटर उत्तरतर्फ मनाङ जाने बाटोमा पर्छ ।

सुनलाई तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।