Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


शेयर बजारमा गिरावट आउने क्रम जारी


0
Shares

कारोबार भएका मध्ये बढीजसो समूह ओरालो लागे । लघुवित्त समूह सबैभन्दा उच्च १४ अंकले ओरालो लाग्यो । विकास बैंक, उत्पादनमूलक समूह, वाणिज्य बैंक र होटल समूह पनि सामान्य अंकले रातो रहे । जलविद्युत, बीमा, व्यापार र वित्त समूह भने सकारात्मक रहे ।

जलविद्युत र बीमा समूह दोहोरो अंकले उकालो लागे पनि अरु समूह सामान्य अंकले सकारात्मक रहेका हुन् । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५५ कम्पनीको ११ लाख १० हजार कित्ता शेयर ४५ करोड ५७ लाख बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।