अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले उकालो लागेर ५५ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन तीन सय रुपैयाँ प्रतितोला ओरालो लागेर ५५ हजार २ सयमा सुन कारोबार भएको थियो ।
यसदिन चाँदीको भाउ पनि १५ रुपैयाँले उकालो लागेर ७ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार साँझसम्म सुन प्रति औंस १२ सय ७६ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्