२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


भूमिगत समूह ‘तराई राष्ट्र जनतान्त्रिक पार्टीका सैन्य कमान्डर’ पक्राउ


0
Shares

इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले सीमा नजिक जाँच गर्ने क्रममा तराई राष्ट्र जनतान्त्रिक पार्टीका सैन्य कमान्डर बताउने विजय यादवलाई पक्राउ पक्राउ गरी पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।

यादव सिरहाको मिर्चैयामा माओवादी नेता लालु खानलाई गोली हानी घाइते बनाएको ज्यान मार्ने उद्योग तथा संगठित अपराधमा संलग्न रहेको जनाइएको छ ।

कार्यालयका अनुसार ६ महिनामा सो भूमिगत समूहका चारजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला ठाडीझिजा गाविस वडा नं ४ का ३५ वर्षीय प्रमोद ठाकुर तथा कमला नगरपालिका वडा नं २४ वर्षीय विष्णुदेव सहनी, वडा नं ७ का ३६ वर्षीय दीपकुमार महतो र २० वर्षीय छोटकन ठाकुर छन् ।

त्यस्तै, लागुपदार्थ बेचबिखन गर्ने एक भारतीयलाई धनुषा जिल्ला प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले भारतीय सीमाबाट नेपालतर्फ ठूलो मात्रामा लागुपदार्थ ल्याउँदै गरेका भारत मधुवनी जिल्ला हरलाखी ग्राम पन्चायत इटहर्वा वडा नं १ का २४ वर्षीय अन्सारूल राइनलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक प्रवीण धितालका अनुसार धनुषा जिल्ला धनौजी–४ बाट राइनलाई प्रतिबन्धित नाइट्रोभेट नामक ५०० पत्ता लागुपदार्थसहित पक्राउ गरिएको हो । रासस