Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


भग्नावशेषमा पुरिएका ११ महिने बालकको जिउँदै उद्धार


0
Shares

काठमाडौं । रुसको मध्य क्षेत्रमा रहेको मग्नितागोस्र्क सहरको एक भवनामा गत सोमबार भएको बिस्फोटपछि भग्नावशेषमा पुरिएकाहरुलाई खोज्ने क्रममा ११ महिने बालकको जिउँदै उद्धार गरिएको छ ।

तापमान माइनस १७ पुगेको अवस्थामा पनि इवान नामका ती बालकलाई जिउँदै उद्धार गरिएको हो ।

भग्नावशेष पन्छाउने क्रममा रुँदै गरेको बालकलाई उद्धारकर्मीहरुले फेला पारेका हुन् ।

उनको टाउकोमा सामान्य चोट लागेको छ भने हात र खुट्टा भाँचिएको छ । उनलाई थप उपचारको लागि मस्कोको एक अस्पतालमा भर्ना गरिएको छ ।

गत सोमबार भएको बिस्फोटमा चारजनाको ज्यान गएको थियो । विस्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएको छ ।

अझै ३६ जना बेपत्ता रहेको त्यहाँका अधिकारीहरुले बताएका छन् । भवनमा १२० जना बस्दै आएका थिए ।

राष्ट्रपति पुटिनले प्रभावितलाई सबै प्रकारको सहयोग गर्ने बताउनु भएको छ । भवनको पहिलो तलामा विस्फोट भएको हो ।

ग्यास लिक भएर विस्फोट भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।(एजेन्स)