काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा गए राती भएका खेलमा लेष्टर सिटी र आर्सनल विजयी भएका छन् ।
खेलमा लेष्टरले एभर्टनलाई १ –० गोल अन्तरले हराएको हो । एभर्टनको मैदानमा भएको खेलमा लेष्टरलाई जित दिलाउन जेमी भर्डीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भार्डी नायक बन्दा लेष्टरले ३ अंक जोडेको हो । लेष्टरलाई जित दिलाउन भार्डीले खेलको ५८ औं मिनेटमा निर्णायक गोल गरे ।
एभर्टनमाथिको जितसंगै लेष्टरले २१ खेलबाट ३१ अंक जोडेको छ । र, लेष्टर लिगको सातौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन २७ अंक जोडेर लिगको दशौं स्थानमा छ ।
गए रातीकै अर्को खेलमा आर्सनलले फुलहमलाई ४–१ गोल अन्तरले हराएको छ ।
घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन ग्रानिट जाका, एलेक्जेन्डर लाकाजेट्स, आरोन रामसे र पेरिक एम्रिक आबुमियाङले एक एक गोल गरे ।
जितसंगै पाँचौ स्थानको आर्सनलले २१ खेलबाट ४१ अंक जोडेको छ ।
आर्सनलले चौथो स्थानको चेल्सीसंगको अंक दुरी २ अंकमा झारेको छ । पराजित फुलहम १४ जोडेर रेलिगेसन जोनमा छ ।








प्रतिक्रिया दिनुहोस्