१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


पोखरा कप फुटबल माघ १५ देखि


0
Shares

पोखरा, पुस १७ । पोखरामा आगामी माघ १५ गतेदेखि ‘मनकामना केबुलकार पोखरा कप–२०७५ अन्तर्राष्ट्रिय फुटबल’ प्रतियोगिता हुने भएको छ ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा हुने छैटौं संस्करणको यो प्रतियोगिता माघ २६ गतेसम्म सन्चालन हुनेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको जमघट गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

‘ए’ डिभिजन क्लब, विदेशी टिम र आयोजक गरी १२ टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार ५५५ रुपैयाँ पुरस्कार जित्ने आयोजकले जनाएको छ ।