Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


आसन्न निर्वाचनमा साख्खै फुपू–भदाबीच रोचक प्रतिस्पर्धा


0
Shares

वाम गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी नेकपा(एमाले) नेत्री शारदा थापा र नेपाली कांग्रेसबाट उम्मेदवारी दत्र्ता गराएका प्रल्हाद क्षेत्रीबीचको चुनावी प्रतिस्पर्धालाई आम मतदाताले रोचक हुने प्रतिक्रिया दिएका हुन् ।

नेत्री थापा र क्षेत्री साख्खै फुपू–भदा हुन् । बर्दिवास–१ कै बासिन्दा रहेएका दुवैको घरको दूरी पनि १०० मिटरमात्र छ । दुवै परिवारमात्र नभएर फुपू–भदाबीच पनि अत्यन्त न्यानो र आत्मीयसम्बन्ध रहेको दुवै जनाले स्वीकार गरे ।

आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजु खड्काले आइतबार विधिवत् उम्मेदवारी फिर्ता लिएपछि नेत्री थापा वाम गठन्धनको साझा उम्मेदवार बनेकी छन् ।

गत असोज २ गतेसम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट प्रमुख पदका प्रत्याशी रहेका क्षेत्रीसँग अत्यन्त न्यानो पारिवारिक सम्बन्ध रहेकैले एमालेको जिल्ला कमिटी सचिवालय सदस्य रहेकी नेत्री थापाप्रति कतिले भदालाई सहयोग गरेकी टिप्पणी पनि गरेका थिए ।

यद्यपि नेत्री थापाले आपूm विचार र संगठनप्रति प्रतिबद्ध कार्यकर्ता भएकाले त्यस्ता बाहिरी टिप्पणी कुनै अर्थका नभएका टिप्पणी गरेकी छन् ।

यस प्रदेशमा राजपा÷संघीय समाजवादी फोरमको गठबन्धनबाट राजपा नेत्री रुपा यादव पनि प्रतिस्पर्धामा छिन् । यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने प्रारम्भिक अड्कल गरिएको छ । रासस